logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बुटवलमा एक युवतीमाथि गोली प्रहार


  • राजनीति
  • शनिबार, बैशाख ६ २०८२

बुटवल । बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ ।

बुटवल उपमहानगरपालिका– ११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

विष्टको पछाडीबाट कम्मरमाथि गोली लागेको र गम्भीर घाइते भएकाले हाल लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

पाल्पाको रैनादेवी गाउँपालिका छहरा घर भएकी विष्ट बुटवल– ११ बुद्धनगर बस्दै आएकी थिइन् । उनीमाथि गोली प्रहारको कारण नखुलेको प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान नभएको तर अनुसन्धान भैरहेको सूचना अधिकारी कार्कीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार