राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोली काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ ।
राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने निर्णय गरेपछि गृह मन्त्रालयले सचेत गराएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले कानुन अनुसार कारबाही गर्ने जनाएको छ ।
“राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोली मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानुन बमोजिम तोकिएको निषेधित क्षेत्र तोड्ने भनि सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरुप्रति गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ,” गृहमन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।