राजनीति
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शिर्ष नेताहरुले संविधानको रक्षाका लागि एक साथ उभिने निष्कर्ष निकालेका छन् ।
प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशिता सहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने सहमति भएको हो ।
गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेल छलफलमा सहभागी थिए। छलफलमा संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्याउनोहरू प्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ।
बैठकमा संक्रमणकाली न्यायसम्बन्धी पछिल्लो गृहकार्यबारे नेताहरूलाई जानकारी गराउने काम भएको खरेलले बताए ।