logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

राप्रपाको आन्दोलनमा प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी


  • राजनीति
  • आइतबार, बैशाख ७ २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बिजुली बजारमा प्रदर्शन गरिरहेको छ ।

राप्रपाका केही नेता कार्यकर्ताहरुले अहिले काठमाडौंको बिजुली बजार पुलमा उपस्थित भएर प्रदर्शन गरिरहेका छन् । अहिले बिजुली बजारमा भैरहेको प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका शिर्ष नेताहरु भने उपस्थित भैसकेका छैनन् ।

प्रदर्शनमा सहभागी भएका राजावादीहरुले भने प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारावादी लगाएका छन् । सहभागीहरुले ‘हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ, केपी ओली मुर्दावाद, गणतन्त्र धोका हो, हाम्रा नेताहरुलाई रिहा गर, नारायणहिटी खाली गर, झुठ्ठा आरोप लगाउँन पाइँदैन, तीनकुने घटनाको छानबीन गर लगायतका नारा लगाएर विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् । राप्रपाले आजको प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने भनेपछि गृह मन्त्रालयले हिजै विज्ञप्ति जारी गरेर ध्यानाकर्षण गराएको थियो ।

यस अघि चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशरेर राणा लगायतका नेताहरुको रिहाइको माग गर्दै आज राप्रपाले प्रदर्शन गरिरहेको छ ।

राप्रपाका नेताहरुले भने आजको प्रदर्शनमा निषेधित क्षेत्र तोडेर गिरफ्तारी दिने रणनीति बनाएको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार