राजनीति
काठमाडौं । नेकपा (एमाले) का नेता तथा प्रतिनिधिसभा सांसद रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज पन्तलाई नयाँ शिक्षा मन्त्रीमा नियुक्त गरेका हुन् । शिक्षा ऐन जारी हुनुपर्ने लगायतका माग राखेर शिक्षकहरुले काठमाडौंमा गरिरहेको प्रदर्शन थेग्न नसकेपछि शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी थिइन् ।
भट्टराईले राजीनामा दिएपछि खाली रहेको शिक्षा मन्त्रीमा पन्त नियुक्त भएका हुन् । उनलाई भोली अपरान्ह्र ४ बजे शपथ गराउने तयारी छ ।
“रामचन्द्र पौडेलेज्युले संवत् २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ,” मन्त्रीपरिषद् गठन सम्बन्धी राष्ट्रपति कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।