राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् ।
राज्यमन्त्री तामाङलाई बधवार बर्खास्ती गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तामाङलाई केही समयदेखि कांग्रेसभित्रैबाट राजीनामा दिन दबाब दिइएको थियो ।
तामाङले राजीनामा नदिएपछि बर्खास्ती गरिएको हो । तामाङ २०८१ साउन १८ गते उर्जा राज्यमन्त्रीमा नियुक्त भएका थिए ।