logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

तीनकुने घटना : दुर्गा प्रसाईं र रविन्द्र मिश्रसहित २२ जनालाई तीन दिन म्याद थप


  • राजनीति
  • बुधबार, बैशाख १० २०८२

काठमाडौं । गएको चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका आन्दोलनका कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित २२ जनालाई थप तीन दिनको म्याद थप गरिएको छ ।

राज्यविरुद्धको कसुरमा अनुसन्धानमा रहेका २२ जनालाई नै अदालतबाट थप ३ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई आज पुनः तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

तीनकुनेमा चैत्र १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार