logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कम्युनिष्ट सरकारले काम गर्न सकेन भन्दै काङ्रेस नेता निधिले दिए यस्तो अभिव्यक्ती


  • राजनीति
  • मंगलबार, मंसिर ४ २०७५

धनगढी-   कम्युनिष्ट सरकार जनचाहनाअनुसार, अगाडी बढ्न नसकेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।

मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निधिले कम्युनिष्ट पार्टीले संघीय संसद्, प्रदेश र स्थानीय तहमा बाहुल्यता प्राप्त गरेपनि काम गर्न नसकेको बताए ।

‘तीन तहका सरकारमा कम्युनिष्टको बाहुल्यता छ । तर, कम्युनिष्ट सरकारले काम गर्न सकेको छैन’ उपसभापति निधिले भने ।

संघीय, समावेशी र स्थानीय तहको संरचनाको सफल कार्यान्वयन र पूर्णता प्रदान गर्ने काममा सरकारले चासो नदिएको उनको भनाइ थियो ।

संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको उनको आरोप थियो । ‘प्रदेश सरकारलाई न त केन्द्रीय सरकारले अधिकार दिएको छ न त प्रदेश सरकार नै अधिकार लिनका लागि सक्रियरूपमा अगाडि बढेका छन्’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार