logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

रेशम चौधरी जेलमुक्त, सर्वाेच्चका अधिकृत महिमानसिंह विष्ट पक्राउ


  • राजनीति
  • बुधबार, बैशाख १७ २०८२

काठमाडौं । एक कर्मचारीको अनधिकृत पत्रका आधारमा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी करिब पाँच घन्टापछि जेलमुक्त भएका छन्।

सर्वोच्च अदालतका कर्मचारी महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा प्रहरीले उनलाई बुधबार अपराह्न पक्राउ गरेको थियो। सर्वोच्च अदातलको पत्रका आधारमा उनलाई छाडिएको डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले जानकारी दिए।

सो पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार प्रशासनलाई बुधबार नै अर्को पत्र पठाएपछि उनी जेलमुक्त भएका हुन्। चौधरी गत वर्ष जेठमा राष्ट्रपतिबाट माफी मिनाहा पाएर छुटेका थिए। त्यसविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ जारी छ।

चौधरीको पक्राउ लागि शंकास्पद् पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वोच्चका अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेको हो। पक्राउ परेका विष्टलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखेर थप अनुसन्धान भैरहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार