logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेविसंघ भित्रको विवाद चुलियोःमहामन्त्री कुन्दनराज काफ्लेसहित ३५ जनाले दिए सामूहिक राजीनामा !


  • राजनीति
  • मंगलबार, मंसिर ४ २०७५

काठमाडौ-  नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थीसंघ भित्रको विवाद झन् उग्र बन्दै गएको छ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले अधिवेशन सम्पन्न गर्नको लागि भन्दै नेविसंघ वर्तमान कार्यसमितिको म्याद दोस्रो पटक २ महिना थप गरेको छ तर कार्यसमिति अधिवेशन गर्ने तर्फ भन्दा विवादलाई झन् बढाउने दिशातिर गएको छ ।

नेविसंघका असन्तुष्ट पक्षका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आधारमा नेपाल बिद्यार्थी संघको म्याद दुई महिना मात्र थप्ने गरी बिधानमा संशोधन गरेको भन्दै राजिनामा दिने तयारी गरेका छन्। सभापति देउवालाई बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वसहमहामन्त्री अर्जुनरसिंह केसीले केन्द्रीय समिति बैठकमा नेविसंघका बर्तमान केन्द्रीय समितिको म्याद कम्तिमा ६ महिना थप गर्न सु्झाव दिएका थिए।

तर, शीर्ष नेताको सुझावलाई बेवास्था गर्दा नेविसंघका अधिकांस केन्द्रीय सदस्यहरु राजिनामा दिने पक्षमा उभिएका हुन्। दुई महिनाको तयारीमा महाधिवेशन सम्भव नहुने भएपछि पदमा बस्नु भन्दा राजिनामा दिने तयारीमा अधिकांस बिद्यार्थीहरु लागेको असन्तुष्ट पक्षका नेताहरुले बताएका छन् ।

बिद्यार्थीहरुबीच मंगलबार पार्टीका केही नेताहरुसँग सल्लाहमा वर्तमान केन्द्रीय समितिका अधिकांस पदाधिकारी र सदस्यले राजिनामा दिने बिषयमा छलफल गरिरहेका छन्। नेता पौडेल निकटका केही पदाधिकारीले सल्लाह र छलफल वाँकी रहेको भन्दै पन्छिन खोजिरहेका छन् ।

तर, सिटौला पक्षधर पदाधिकारी र केन्द्रीय सदस्यहरु भने राजिनामा दिने तयारीमा जुटेका छन्। महामन्त्री कुन्दनराज काफ्लेसहित ३५ केन्द्रीय पदाधिकारी र सदस्यहरुले राजिनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार