राजनीति
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान अर्थमन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी हितका बारेमा छलफल भएको छ । बुधवार नेपाल भ्रमणमा आएका चौथाइवाले उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त छन् ।
उनले प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेवटवार्ता गरिसकेका छन् ।