logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

रविन्द्र मिश्रमाथि थपियो अर्काे मुद्दा, थप ५ दिन हिरासतमा राख्न अनुमति


  • राजनीति
  • बिहिबार, बैशाख २५ २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बिहिवार जिल्ला अदालत काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । गत चैत्र १५ गते तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका मिश्रमाथि यस अघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो ।

मिश्रलाई आज म्याद थपका लागि अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । आजबाट उनीमाथि पुनः आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइएको छ । आपराधिक उपद्रवसको कसुरमा अनुसन्धान भैरहेकाहरुलाई भने अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

मिश्रले आफूमाथि आपराधिक उपद्रवसको मुद्दा चलाइएको भन्दै आपत्ति जनाएका छन् । चैत्र १५ गते राजावादीहरुले गरेको हिंसात्मक आन्दोलनमा एक पत्रकारसहित दुई जना मारिएका थिए । आन्दोलनका जनकमाण्डर भनिने मेडिकल व्यावसायी दुर्गा प्रसाईंसहितलाई पक्राउ गरेर प्रहरीले यस घटनाको विषयमा अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार