logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

भारत–पाकिस्तान तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएईमा सारियो


  • राजनीति
  • शुक्रबार, बैशाख २६ २०८२

काठमाडौं । भारत र पाकिस्तानबीचका तनाब बढ्दै गएपछि दुवै देशमा जारी क्रिक्रेट लिगमा प्रभाव परेको छ ।

भारतले आयोजना गरिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ स्थगित गर्ने निर्णय गरिएको छ भने पाकिस्तानले आयोजना गरिरहेको पाकिस्तान सुपर लिग (पीएसएल) सिजनका बाँकी खेलहरू संयुक्त अरब इमिरेट्समा सारिएका छन् ।

पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल चल्दाचल्दै मैदानका सबै फ्लड लाइटहरू बन्द गरिएकाो थियो । त्यसपछि प्राविधिक कारणले खेल स्थगित गरिएको निर्णय गरिएको थियो । तर भारतीय मिडियाहरुले भने पाकिस्तानले ड्रोन आक्रमण गरेपछि खेल स्थगित गरिएको समाचार प्रकाशि गरेका थिए ।

आज आइपीएलमा लखनउ र बैंग्लोरबीचको खेल लखनउमा हुने खेल तालिका थियो । बीसीसीआईको आज बसेको बैठकले अर्काे निर्णय नभएसम्मका लागि प्रतियोगिता स्थगन गर्ने निर्णय गरेको हो । सामाजिक सञ्जालमा चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ निलम्बनको लागि आवाज उठेको छ। यसको आधिकारीक धारणा भने घोषणा हुन बाँकी छ ।

उता पाकिस्तानमा जारी पीएसएलको बिहीबार रावलपिंडीमा हुने भनिएको पेशावर जाल्मी र कराँची किंग्स बीचको खेल पाकिस्तानी सेनाले विभिन्न पाकिस्तानी शहरहरूमा भारतीय ड्रोनहरू नष्ट गरेको बताएपछि स्थगित गरिएको थियो।

क्रिकइन्फोका अनुसार पीएसएलका बाँकी खेल यूएईमा हुने भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार