logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित


  • राजनीति
  • आइतबार, बैशाख २८ २०८२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ वैशाख १९ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे। यसमा पूर्वाधार सुधार, कर प्रणालीको संरचनागत सुधार, हरित ऊर्जा प्रवर्द्धन, र डिजिटल बैंकिङको प्रवर्धन जस्ता योजनाहरू समावेश छन्।

नीति तथा कार्यक्रममाथि बैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो । छलफलको आज अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो ।

बैठकमा नीति तथा कार्यक्रमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । सबै संशोधन बहुमत प्राप्त सदस्यबाट अस्वीकार भएका थिए ।

प्रतिनिधि सभाले नीति तथा कार्यक्रम पारित गरेसँगै, आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढ्नेछ। यसका लागि आगामी जेठ १५ गते बजेट प्रस्तुत गर्ने तयारी भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार