राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीचको युद्ध आफूहरुले संयमित आग्रह गरेको कूटनीतिक प्रयासका कारण रोकिएको बताएका छन्।
सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले बुद्धको सन्देश जहिले पनि सान्दर्भिक हुने बारे चर्चा गर्ने क्रममा बुद्धका उपेश विश्वका लागि सन्दर्भयोग्य भएको बताए ।
सम्बोधनको क्रममा उनले भारत र पाकिस्तानबीच झण्डै हात हाला–हालको अवस्था भएकोमा आफूहरुले आग्रह गरेपछि त्यो रोकिएको दाबी गरे । उनले भने, “भारत र पाकिस्तानबीच झण्डै हात हालाहालको स्थिति आएको थियो । हामीले संयमित हुन आग्रह गर्दा, उनीहरूले हाम्रो सन्देशलाई सकारात्मक रूपमा लिएका छन् र युद्धको सम्भावना टरेको छ।”
नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन पहल गरिरहेको र यसमा आबद्ध मुलुकहरूले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री ओलीले बताए।
उनले भने, “कुनै पनि मुलुकबीच आपसी समस्या हुनसक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुने कुरा हामीले बारम्बार दोहोर्याएका छौं।”