राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमत्री मोहन बहादुर बस्नेतसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिवार टेरामक्स प्रकरणमा बस्नेतसहित १८ जना र अन्य कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो । दिगम्बर झा र पुरषोत्तम खनालसहितका प्राधिकरणका पूर्व महानिर्देशकहरुलाई पनि मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
दूरसञ्चार प्राधिकारणको टेरामक्स प्रविधि खरिदका क्रममा ३ अर्ब २५ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।
आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।