logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

परराष्ट्रमन्त्री राणा र भारतीय मनमन्त्री यादवबीच भेटवार्ता


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३ २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धीमन्त्री भुपेन्दर यादवबीच शुक्रबार भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री डा. राणा र सगरमाथा संवादका लागि नेपाल आएका भारतीय मन्त्री यादवबीच सो साइडलाइन भेटवार्ता भएको हो । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध आयामहरूका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।

भेटमा मन्त्री डा. राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद व्यक्त गरिन् । नेपाल र भारतबीच जैविक विविधता संरक्षणका क्षेत्रमा आज समझदारी पत्रमा हस्ताक्षर भएको प्रसंग उल्लेख गर्दै उनीहरूले उक्त सम्झौता दुई देशका लागि यस क्षेत्रको महत्त्वपूर्ण रहेको पनि बताइन् ।

नेपाल र भारतबीच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ताहरू, औपचारिक बैठक, विविध विषयहरूमा भइरहेका इंगेजमेन्टका बारेमा पनि सो बैठकमा कुराकानी भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार