राजनीति
काठमाडौं । काठमाडौंमा हवाहुरीसहित पानि परिरहेको समयमा सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली अवरुद्ध भएको छ ।
सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेको अवस्थामा बिजुली अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठकलाई निरन्तरता दिइएको थियो । रास्वपा सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमा तस्बीरसहित पोष्ट गर्दै फोनको बत्तिमा शिक्षा उपसिमतिको बैठक बसिरहेको जानकारी दिएकी छिन् ।
हाल उपसमितिमा शिक्षा विद्येयकबारे छलफल भैरहेको छ । शिक्षक आन्दोलनपछि सरकारले शिक्षा विद्येयकलाई अगाडी बढाउन प्राथमिकताका साथ अगाडी बढाइरहेको छ ।
पछिल्लो केही दिन यता समय–समयमा विद्यूत आपूति अवरुद्ध भैरहेकाले नेपाल विद्युत प्राधिकरण र सरकारको आलोचना हुँदै आइरहेको छ ।