राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जापानका उपविदेशमन्त्री इक्युना आकिकोबीच भेटवार्ता भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकोले सगरमाथा संवादमा जापान सरकारको नेतृतव गरेर सहभागी इक्युनलाई धन्यवाद दिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अनुकुल पूर्वाधार निर्माण, वातावरणीय पूर्वाधार निर्माण र विपद् जोखिम न्यूनिकरणमा जापानी अनुभवहरु आफूहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।
उपमन्त्री इक्युनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवम् संस्कृति संरक्षणमा जापानबाट हुँदै आएको बहुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताइन् ।