राजनीति
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि तीन सदस्य समिति गठन गरिएको छ ।
कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा ३ सदस्य समिति गठन गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार मंगलबार गठित समितिको सदस्यमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता कुमारी पौड्याल र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्ले रहेका छन् ।
त्रिविका तत्तकालीन उपकुलपति केशरजङ्ग बरालले दिएको राजीनामा दिएका थिए । बरालको राजीनामा कुलपति ओलीले चैत्र २८ गते स्वीकृत गरेका थिए ।
बरालको राजीनामा स्वीकृत गरेसँगै कुलपति ओलीले शिक्षाध्यक्ष प्रा.डा. खड्क केसीलाई बढीमा ३ महिनाका लागि गत बैशाख २ गते उपकुलपतिको जिम्मेवारी दिएका थिए । आज गठित समितिले अब नयाँ उपकुलपति छनोट प्रक्रिया अगाडी बढाउनेछ ।