logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

इयूको कालो सूचीबाट हटाउने गरी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन


  • राजनीति
  • सोमबार, जेष्ठ १३ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई उडान क्षेत्रलाई युरोपियन यूनियन (इयू) को कालोसूचीबाट हटाउने गरी मापदण्ड पूरा गर्न निर्देशन दिएका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रियि पर्यटन संबादमा प्रधानमन्त्री ओलीले नेपालको आकाश सुरक्षित भए पनि युरोपको आकाश नेपालका लागि अझै प्रतिबन्ध रहेकोमा शर्तबमोजिम हवाई क्षेत्रका दुई निकायलाई अबिलम्ब अलग्याउन र अरु मापदण्ड पनि पूरा गर्न सम्बन्धीत निकायलाई निर्देशन दिए ।

इयूको कालो सूचीबाट हट्न सके युरोप लगायतका ठाउँहरुबाट पर्यटकहरुलाई नेपाल आउन सहज हुने बताउँदै प्रधानमन्त्री ओलीले नेपाल आउने पर्यटनलाई कुनै पनि कानुनी र प्रशासनिक झन्झट नदिन निर्देशन दिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार