logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

महिला सशक्तिकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति यादव


  • राजनीति
  • शुक्रबार, जेष्ठ १७ २०८२

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तिकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्तका रुपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

सातौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै यादवले लैङ्गिक समानता, महिला सशक्तिकरण र महिलाप्रति हुने हिंसा विभेद, असमानताविरुद्ध आवाज उठाउने अठोट र प्रण लिने अवसरका रुपमा पनि यो दिवसलाई लिन सक्नुपर्नेमा जोड दिएका छन् ।

“महिला सशक्तीकरणका लागि शिक्षा र सीप विकास, आर्थिक स्वतन्त्रता, राजनीतिक सहभागिता, महिला नेतृत्व र उद्यमशीलता, कानुनी सुधार र अधिकार, स्वास्थ्य र प्रजनन अधिकारजस्ता मूलभूत विषयलाई अनिवार्य शर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ,” उपराष्ट्रपति यादवले भनेका छन् ।

संविधानमा उल्लेखित लैङ्गिक समानताका प्रावधानलाई कार्यान्वयन गर्न र सामाजिक जागरुकता फैलाउनमा यो दिवसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उपराष्ट्रपति यादवले विश्वास व्यक्त गरेका छन् । लैङ्गिक असमानता र महिलाप्रति हुने सबैखाले अन्यायको अन्त्यका लागि सचेतना फैलाउन, सरकार र सम्बन्धित निकायलाई महिला अधिकारका लागि प्रभावकारी नीति तथा कार्यक्रमका साथ ठोस कार्यान्वयनमा उत्प्रेरित गर्न सके मात्र महिला अधिकार दिवसको सार्थकता थप पुष्टि हुने उनको भनाइ छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार