logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

राजावादीले कार्यक्रम गर्ने भएपछि दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी


  • राजनीति
  • शुक्रबार, जेष्ठ १७ २०८२

काठमाडौं । राजसंस्था पक्षधरहरुले भोलीको आन्दोलन नारायणहिटी दरबारमार्ग केन्द्रीत गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आज एक सूचना जारी गर्दै नारायणहिटी दरबार संग्राहलय क्षेत्रमा २०८२–२–१७ देखि लागू हुने गरी २०८२–३–२४ गतेसम्म निषेधित क्षेत्र घोषित गरिएको जानकारी दिएका छन् ।

जारी सूचना अनुसार केशर महल चोकदेखि नारायणहिटी दरबार संग्राहलय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहलय दक्षिण गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । उक्त क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न रोक लगाइएको जनाइएको छ ।

राजसंस्था पर्नुस्थापनाको माग गर्दै राजसंस्था पक्षधरहरुले बिहिवारदेखि काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् । हिजो पहिलो दिन काठमाडौंको रत्नपार्कमा प्रदर्शन गरेका राजावादीहरुले आज दोस्रो दिन माइतिघरदेखि बाँनेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

राजावादीहरुले तेस्रो दिनका आन्दोलनका कार्यक्रम नारायणहिटी दरबारमार्गमा हुने घोषणा गरेका थिए । तर आन्दोलनको अघिल्लो दिन जिल्ला प्रशासन काठमाडौंले दरबारमार्ग आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार