logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कांग्रेस नेता अफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार हुँदै


  • राजनीति
  • शुक्रबार, जेष्ठ १७ २०८२

काठमाडौं । पूर्वसांसद समेत रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ ।

नेता आलमलाई उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको छ । शुक्रबार उनको स्वास्थमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार भैरहेको जनाइएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार आलमको स्वास्थ्य अवस्था अहिले स्थिर छ।

रौतहटका कांग्रेस नेता आलम इँटाभट्टामा ज्युँदै मान्छे पोलेर हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटको आदेशबमोजिम पाँच वर्षदेखि जेलमा थिए।

गत बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनीसहितका चार जनालाई थुनामुक्त गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार