logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

सप्तरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


  • राजनीति
  • शनिबार, जेष्ठ १८ २०८२

काठमाण्डौं । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान हात्तीको आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२, धरमपुर टोलका ६६ वर्षीय केदारबहादुर विष्टको मृत्यु भएको हो ।

स्थानीयका अनुसार घरदेखि पाँच सय मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको दाह्रा उनको शरीरमा गाडिएको स्थानीय स्थानीय लिलबहादुर मगरले बताए ।

बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने र कहिलेकाहीँ खेतमा बनाएको टौवा ९छाप्रो० मा नै सुत्ने गरेकोमा शनिबार हात्तीको आक्रमणमा परी मृत्यु भएको उनले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार