logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

राप्रपा सांसद दीपकबहादुर सिंह पक्राउ


  • राजनीति
  • आइतबार, जेष्ठ १९ २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंह प्रकाउ परेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न काठमाडौं प्रहरी परिसर भद्रकाली पुगेका सिंहलाई प्रहरीले पक्राउ गरेको हो । राजसंस्था पर्नुस्थापनाको माग गर्दै राजावादीहरुले आज नारायणचौरमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अध्यक्ष थापालाई नियन्त्रणमा लिएको थियो ।

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत सांसद सिंहलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् ।

शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, “राप्रपा सांसद माननीय दिपक सिहँलाई प्रहरी परिसरमा काठमाडौ रहेका कमल थापालाई भेटने परिसर भित्र नै पुग्दा नै पक्राउ गरेको छ । राज्य आतंक बन्द गर ।”

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार