राजनीति
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्डको २४ औँ वर्ष पुगेको स्मृतिमा हिमानी ट्रष्टले सोमबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्वलन गरेको छ।
उक्त दुःखद घटनामा दिवङ्गत भएकाहरूको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह, उनका सुपुत्र हृदयेन्द्र शाहलगायत पूर्वराजपरिवारका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।
कमलादी मन्दिरमा बाक्लो भीड लागेको छ। बाक्लो भीड छिचोल्दै कमलादी गणेश मन्दिर प्रवेश गरेका उनीहरु राजपरिवारको फोटो अगाडि दीप प्रज्वलन गरेका थिए ।
विं.सं.२०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारभित्र भएको उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायत राजपरिवारका अधिकांश सदस्यहरूको निधन भएको थियो।