logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

यि ३ मुख्य नाका बाट जुलुस निकाल्ने नेकपाको तयारी


  • राजनीति
  • बुधबार, मंसिर ५ २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते राजधानीमा आयोजना गरेकोजनसभाको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

पार्टी स्थापना दिवसमा लाखौ जनतालाई काठमाडौंमा उर्ताने नेकपाले बताएको छ । नेकपा प्रचार प्रसार उपसमीतिले आज रिपोर्टस कल्बमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रीय सदस्य एवं प्रचार, प्रसार उपसमितिका संयोजक मिलन पार्टीको आगामी योजना र बार्ता लगायत समसामयिक राजनीतिको बारेमा पार्टीको धारणा सार्वजनीक गर्न र पार्टी स्थापना दिवस मनाउन देश ब्यापी कार्यक्रम सञ्चालन गरेको बताएका छन ।

 

कार्यक्रममा वितरित प्रेश विज्ञप्ती पूर्ण पाठ –

पत्रकार मित्रहरू,
सर्वप्रथम यस पत्रकार सम्मेलनमा सहभागी पत्रकार मित्रहरू लगायत सम्पूर्णमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समिति र जनसभा परिचालन तथा व्यवस्थापन समितिका तर्फबाट हार्दिक अभिवादन !

मित्रहरू,
हाम्रो पार्टी २०७१ साल मङ्सिर ८ गते एकीकृत जनक्रान्ति कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् तथा गौरवपूर्ण यात्रामा सहभागी हुन पुनर्गठन गरिएको कुरा सर्वविदितै छ ।
विगत वर्षहरूमा पनि हाम्रो पार्टीले मङ्सिर ८ गते देशव्यापी पार्टी पुनर्गठन दिवस मनाउँदै आएको यहाँहरूमा जानकारी भएकै विषय हो । पार्टी केन्द्रीय समितिको साताँै पूर्ण बैठकको निर्णय अनुसार ‘सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔ“ ! वैज्ञानिक समाजवाद स्थापनाका लागि सङ्घर्ष गरौ“ !!’ भन्ने मूल नाराका साथ यो वर्ष पनि मङ्सिर ८ मा साताव्यापी पुनर्गठन दिवस मनाउन लागिरहेको सन्दर्भ छ । यही विषय जानकारी गराउन यो पत्रकारसम्मेलन आयोजना गरिएको बेहोरा अनुरोध छ ।
१. पार्टी स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज कमरेड सुदर्शनको संयोजकत्वमा जनसभा व्यवस्थापन तथा परिचालन समितिको २०७५ साल कात्तिक २५ गते बसेको बैठकले जनसभालाई व्यवस्थित पार्न विभिन्न उपसमितिहरू गठन गरेर देशव्यापी रूपमा प्रचारप्रसारका कार्य अगाडि बढाइरहेको छ । देशव्यापी प्रचारप्रसार र तयारीका कार्यहरू अन्तिम चरणमा पुगेका छन् भने उक्त दिन देशव्यापी रूपमा पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रमसमेत आयोजना गरेर मनाइनेछ ।

२. मङ्सिर ८ गते ११ बजे काठमाडौँका ः क) गोङ्गबु बसपार्कबाट लैनचौर हुँदै, ख) कालीमाटीदेखि टेकु हुँदै र ग) बबरमहलदेखि माइतीघरमण्डला हुँदै सुन्धारामा केन्द्रीकरण भई विशाल जनसमुदायको उपस्थितिमा जुलुस सहर परिक्रमा गरी दिनको १ बजे रत्नपार्क शान्तिबाटिकामा पुगेर जनसभामा परिणत हुनेछ ।

३. मङ्सिर ८ गते रत्नपार्क शान्तिबाटिकामा आयोजना गरिने जनसभामा पार्टीका तर्फबाट प्रमुख वक्ताका रूपमा पार्टी स्थायी समिति सदस्य तथा प्रवक्ता कमरेड प्रकाण्डले सम्बोधन गर्नुहुनेछ । सभामा पार्टीका पोलिटब्युरो सदस्यहरू र विभिन्न मित्र पार्टीका केन्द्रीय नेतारूले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

४. मङ्सिर ८ गतेको महत्व, वर्तमान अवस्थामा देखिएका समस्या, वार्तालगायत विषयमा पार्टीको नीति, दृष्टिकोण, आगामी कार्यक्रम र योजना जनसभामार्फत सार्वजनिक गरिनेछ । साथमा सामना परिवारको केन्द्रीय टोलीद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ भने देशभरका विभिन्न टेलिभिजन, एफएम रेडियो, अनलाइन, अनलाइन टेलिभिजन र विभिन्न सामाजिक सञ्जालहरूले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

५. राष्ट्रघात चुलिएको, जनघात चरम अवस्थामा रहेको, महँगी, कालोबजारी, तस्करी, कमिसनखोरी, हत्या–हिंसा र बलात्कार बढेको, विभिन्न साम्राज्यवादी शक्तिहरूको चलखेलले नेटो काटेको यो अवस्थामा हाम्रो पार्टीले पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजना गरेको जनसभा सफल पार्न सम्पूर्ण पत्रकार, किसान, मजदुर, मध्यमवर्ग, मानवअधिकारकर्मी, संस्कृतिकर्मी, बुद्धिजीवी, वकिललगायत सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूसमक्ष आवश्यक सहयोग र उपस्थितिका लागि हाम्रो पार्टी तथा जनसभा व्यवस्थपन तथा परिचालन समितिले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार