राजनीति
काठमाडौं । विपद् उद्धार अभ्यासका क्रममा बिहिवार सप्तकोशीमा बेपत्ता भएका गोताखोरसहित सुरक्षाकर्मीको शुक्रबार बिहानैबाट खोजी कार्य जारी रहेको छ । खोजी कार्यक्र जारी रहेको क्रममा एक जनाको शव फेला परेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा शुक्रबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए । राजवंशी श्रीअन्तु गण ईलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्वर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।
हरदेव राजवंशीको शव आज बिहान सप्तकोशी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । घटनास्थलबाट तीन किलोमिटर दक्षिणमा राजवंशीको शव फेला परेको हो । बेपत्ता भएका अर्का सुरज साउदको भने खोजी कार्य जारी रहेको छ ।