logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेपाल आयल निगम गण्डकीका प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • राजनीति
  • आइतबार, जेष्ठ २६ २०८२

पोखरा । नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय गगनगौंडा कास्कीका प्रादेशिक प्रमुख चितरंजन दाससहित ५ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको दाबी गरेर आयाल निगम गण्डकीका प्रमुख दासहित ५ जना र तालचोक स्थित पश्चिमाञ्चल ट्रेडर्स उपर विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।

प्रादेशिक कार्यालय गगनगौडाका डिपो प्रमुख समेतको मिलेमतोमा बिलमा उल्लेख भएको भन्दा बढी परिमाणमा पेट्रोलियम पदार्थ डिजेल सप्लाई गरेको आयोगले अदालतमा दायर गरेको आरोप पत्रमा उल्लेख गरिएको छ ।

पेट्रोलियम पदार्थ (डिजेल) पश्चिमाञ्चल ट्रेड्रसको ग २ ख ८३६ नम्बरको टैंकट्रकमा १२,००० लिटर डिजेल लोड गर्नुपर्नेमा १५,०३८ लिटर लोड गरी शिल लगाई डिपो बाहिर गएकोमा पोखरा महानगरपालीका वडा नं. २७ डाँडाको नाकमा नियन्त्रणमा लिई चेकजाँच गर्दा १५०३८ लिटर देखिएकोले बिलमा उल्लेख भएभन्दा बढी ३,०३८।(लिटर डिजलको प्रतिलिटर डिपोएक्स मुल्य रु.१४७.६३८५२।– अनुसार जम्मा रु.४,४८,५२५।८२ सार्वजनिक निकाय नेपाल आयल निगमको सम्पत्तिको हिनामिना, हानिनोक्सानी तथा दुरूपयोग गरेको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले प्रमुख दासहित पश्चिमाञ्चल टेड्र मार्कका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरी पेट्रोलियम एशोसियसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाट, ट्याङ्कर चालक निर्मल थापाविरुद्ध जनही रु ४ लाख ४८ हजार ५ सय २५.८२ बराबरको बिगो दाबी गरेर मुद्दा दायर गरेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार