राजनीति
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनको लागि मतदान जारी रहेको छ ।
कीर्तिपुरमा जारी महाधिवेशनमा केही बेर अघिबाट नयाँ नेतृत्व चयका लागि अनेरास्ववियुको मतदान प्रक्रिया सुरु भएको हो । आयोजकका मतदान विद्युतीय मेसिनबाट भैरहेको छ । ४३ वटा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान हुँदै ।भैरहेको छ ।
आज बेलुका ४ बजेसम्म लाइन बस्नेलाई मतदान गर्न दिइने आयोजकले जानकारी दिएको छ । मतदान सकिएको १ घण्टापछि मतगणना सुरु हुनेछ । आज राति नै मतपरिणाम सार्वजनिक हुने जनाइएको छ ।
जारी महाधिवेशनमा उम्मेदवारहरू मतदातासँग मत मागिरहेका छन्। महाधिवेशनमा अखिलको अध्यक्ष पदका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ।
महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दाबी गरेपनि अध्यक्ष मण्डलले कडरिया अध्यक्ष, प्रकाश पौडेल र अञ्जना सिवाकोटी उपाध्यक्ष र दीपक धामीलाई महासचिव प्रस्ताव गरिएको थियो। तर, प्रस्ताव हुनासाथ हलमा निर्वाचनको माग राखेर नाराबाजी भएपनि निर्वाचनको प्रक्रिया अगाडि बढाइएको हो।