राजनीति
काठमाडौं । गृमन्त्री रमेश लेखकले संसदमा बोलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले बेल घेराउ गरेका छन् ।
रास्वपाको अवरोधकाबीच सभामुखले लेखकलाई बोल्न दिएपछि रास्वपाका सांसदले संसदको बेल घेराउँ गर्दै नाराबाजी गरेका हुन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नु र्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने रास्वपाको माग रहेको छ ।
गृहमन्त्री लेखकले आफ्नो राजनीतिक जिवन सार्वजनिक जस्तै भएको भन्दै प्रश्न उठ्न सक्ने र जवाफ दिन सक्ने सम्बन्धीत व्यक्तिको अधिकार हुने बताए । लेखकले आफ्नाविरुद्ध नियोजित रुपले आक्रमणको प्रयास भएको भन्दै यससमा खेद व्यक्त गरेको बताएका छन् ।