logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माधव नेपालको सांसद पद निलम्बनबारे सदनलाई गराइयो जानकारी


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३१ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत रहेका प्रतिनिधि सभाका सांसद माधव कुमार नेपालको सांसद पद निलम्बनबारे सदनलाई जानकारी गराइएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सांसद नेपालको सांसद पद निलम्बन भएको सूचना संसदलाई गराएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालमाथि पतन्जलीको जग्गा हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै नेपालको सांसद पद निलम्बनमा परेको हो । आज सो जानकारी संसदमा समेत गराइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार