logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सर्वाेच्चमा नियुक्तिका लागि सिफारिस भएका न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने संसदीय समितिको निर्णय


  • राजनीति
  • शनिबार, जेष्ठ ३२ २०८२

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतमा नियुक्तिको लागि न्यायापरिषद्को बैठकबाट सिफारिस भएका ३ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको बैठकले सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्तिको लागि सिफारिस भएका तीनै जना न्यायाधीशविरुघ उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

यही जेठ २७ गते बसेको न्यायपरिषद्को बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वाेच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ ।

समितिका सभापति ईश्वरी न्यौपानेले सर्वाेच्च अदालतको न्यायाधीशका लागि सिफारिस तीनै जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय भएको जानकारी दिइन् । समितिले १० दिन भित्र आह्वान गरिएको उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशको सुनुवाइ गर्ने छ । संसदीय विशेष सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशहरु राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था रहेको छ ।

न्यायपरिषद्को बैठकले समावेशी रुपमा न्यायाधीश नियुक्त नगरेको भन्दै समिति सदस्यहरुले आपत्ति जनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार