logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

राप्रपा महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित


  • राजनीति
  • सोमबार, असार २ २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् प्रतिनिधि सभा सांसद धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन् ।

रााणा सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन् । गत चैत्र १५ गते तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक आन्दोलनमा सहभागी भएका राणाविरुद्ध राज्यविरुद्धको कसुरसहित ४ वटा मुद्धामा अभियोजन गरिएको छ ।

राणाविरुद्ध राज्यविरुद्धको कसुरसहित संगठित अपराध, एकीकृत कसुर र आपराधिक उपद्रव कसुरमा सजाय हुनुपर्ने भन्दै मागदाबी गरिएको छ । जबरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको गरिरहेको थियो । उनी विरामी भएका कारण उनलाई हाजीरी जमानीमा रिहा गरिएको थियो ।

उपचारका लागि रिहा भएका जबरा मुद्धा दायर पछि प्रहरीको सम्पर्क बाहिर रहेका बताइएको थियो । तर, उनी आज जिल्ला अदालतमा उपस्थित भएका हुन् । त्यस्तै राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पनि हाजिरी जमानीमा रिहा गरिएको थियो । उनी पनि अदालतमा उपस्थित हुनुपर्नेछ ।

यस प्रकरणमा दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि जेल चलान भएका छन् भने ३२ जना धरौटीमा रिहा भएका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार