logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

नागार्जुनका मेयर बस्नेत भ्रष्टाचारको मुद्दामा दोषी ठहर


  • राजनीति
  • शुक्रबार, असार ६ २०८२

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबाहदुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश एकनारायण कुँवर र सदस्य एवम् न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

नगर प्रमुख बस्नेतले पदमा कोलोनी प्राली, पद्मा मर्चेन्ट कम्पनी प्राली तथा उक्त कम्पनीका सञ्चालक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ खुस रिसवत लिएको पुष्टि गर्दै अदालतले उनलाई दोषी ठहर गरेको हो ।

बस्नेतले उक्त विगो बराबरको रकम कसुर गरेको र पद्‌मा कोलोनी प्राली, पद्‌मा मर्चेन्ट कम्पनी प्राली र त्यस कम्पनीका सञ्चालक अध्यक्ष कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्नका लागि उक्त रकम घुस रिसवत दिएको पुष्टि भएको हो ।

बस्नेतकी श्रीमती उर्मिला बस्नेतले भने अदालतबाट सफाई पाएकी छन् । उनले जानी जानी घुस रिसवतको रकम लिए खाएको वा भुक्तानी गर्न लगाएको भन्ने तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन नसकेको भन्दै उनलाई अदालतले सफाई दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार