logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

‘भिजिट भिसा’ प्रकरण छानबिन गर्न पाँचदिन भित्र संयन्त्र बन्छ : महेश बर्ताैला


  • राजनीति
  • आइतबार, असार ८ २०८२

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले ‘भिजिट भिसा’ प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षीबीच भएको दुई बुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शिर्षकमाथि जारी छलफलमा मुख्य सचेतक बर्ताैलाले दुई बुँदे सहमतिका पक्षमा केही दिन भित्रै संयन्त्र बन्ने जानकारी दिएका हुन् ।

उनले भने, “विपक्षी दलसँग भएको समझदारीबारे सरकार प्रतिबद्ध छ । एक महिना कुर्दैनौं । आजको मितिले बढीमा पाँच दिनभित्रमा हामी संयन्त्र बनाउँछौँ । गृहमन्त्री रमेश लेखकले नै सदनमा उपस्थित भएर घोषणा गर्नुहुनेछ । त्यस प्रकारको तयारी उच्चस्तरबाट भएको छ ।”

मुख्य सचेतक बर्तौलाले गत जेठ १३ गतेदेखि लगातार सदन अवरोध कायम राखेको उल्लेख गर्दै रास्वपा र राप्रपाका सांसदहरुको अवरोधप्रति असहमति व्यक्त गरे ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले पनि आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै ‘भिजिट भिसा’ प्रकरणमा छानबिन गर्नका लागि सरकार र प्रतिपक्षी दलबीच भएको सहमति अनुसार पाँच दिनभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्नु पर्ने बताएक थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार