राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चित गायक दुर्गेश थापालाई बधाई दिएका छन् ।
दुर्गेशले पाँच महिना अगाडी बजारमा ल्याएको नयाँ गीत ‘दुश्मन हेरेको हेर्यै’ ले युट्युबमा ५ महिनाको छोटो समयमा १० करोड भ्युज बटुलेपछि प्रधानमन्त्री ओलीले उनलाई बधाई दिएका हुन् ।
ओलीले सामाजिक सञ्जालमा स्टाटसहित दुर्गेश थापाको फोटा सेयर गर्दै बधाई दिएका हुन् । ओलीले ‘दुश्मन हेरेको हेर्यै’ गीतको भ्युवरबाट नै आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको थाहाँ हुने बताएका छन् ।
“आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेकोहेर्यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन ( १० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
रिलिजको केही समयपछि युट्युबको ग्लोबल टे«डिङमा आएको ‘दुश्मन हेरेको हेर्यै’ बाट गायक थापा फेरि चर्चामा आएका थिए ।
यो गीतमा दुर्गेश थापाको आफ्नै शब्द तथा संगीत रहेको छ । स्वरमा दुर्गेशसँगै पछिल्लो सयमा निकै रुचाइएका गायीकाद्धय समिक्षा अधिकारी र एलिना चौहानले स्वर दिएकी छिन् । गीतको अन्तमा गायक आनन्द कार्कीले पनि स्वर दिएका छन् ।
गीतको भिडियोमा दुर्गेशसँगै अभिनेत्रीद्धय प्रियंका कार्की र कविता नेपाली लगायतले अभिनय गरेका छन् । ‘दुश्मन हेरेको हेर्यै’ ले चौतर्फी चर्चा पाएपछि गायक दुर्गेश थापा पछिल्लो स्टेज कार्यक्रमा व्यस्त छन् ।