राजनीति
काठमाडौं । नेपाली सेनाका सहायक रथि गौरवकुमार केसी उपरथिमा बढुवा भएका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले केसीलाई उपरथिमा बढुवा गर्ने निर्णय गरेको हो । केसीलाई सैनिक मुख्यालयको जंगीअड्डामा केही समय अघि सेनाको पूर्वी पृतना प्रमुखको जिम्मेवारी दिइएको थियो ।
उक्त जिम्मेवारी पाउनु अघि उनी नेपाली सेनाको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालय प्रमुख समेत थिए । केसी २०४८ सालमा नेपाली सेनाको अफिसर क्याडेडबाट सैनिक सेवामा प्रवेश गरेका थिए ।