राजनीति
काठमाडौं । नेपका (एमाले) ले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको प्रमुख समर्थन फिर्ता गर्ने भन्ने निर्णय जानकारीमा आएको बताएको छ ।
बुधबार बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जसपा नेपालले समर्थ फिर्ता लिने भनेर निर्णय जानकारीमा आए पनि औपचारिक रुपमा संसदलाई जानकारी गराइ नसकेको बताए ।
ज्ञवालीले भने, “तर उहाँहरुले त्यसो नगर्नु भएको भए हुन्थ्यो भन्ने हाम्रो चाहना हो। किनभने फिर्ता गर्नुपर्ने कारण देखिँदैन । यसअघि उहाँहरुले भूमि सम्बन्धी अध्यादेशमा राखेकाले हामीले स्थगन पनि गरेका थियौं ।”
सरकारमा सहभागी जसपाले भने हिजो सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । यो सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने भएको छ ।