राजनीति
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल जस्ता भूपरिवेष्ठित मुलुकहरूको विकासका लागि क्षेत्रीय सहकारीमा जोड दिनुपर्ने बताएका छन्।
टर्कीको स्थान फोरम २०२५ लाई सम्बोधन गर्दै उनले भूपरिवेष्ठित मुलुकहरूको पनि समुद्रसम्मको पहुँच स्थापित गर्नुपर्नेमा जोड दिए। समारोहमा भूपरिवेष्ठितबाट बुँदाडित प्रयासमार्फत क्षेत्री विकासका रणनीति अवसरहरू विषयमा सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएका हुन् यदि हामी यातायात पूर्वाधार कायम गर्न सफल भयौं भने समुद्री पहुँच समेत प्राप्त गर्न सकिन्छ।
त्यसैले नेपालसहित सबै स्थलगत मुलुकहरूले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै पूर्वधार विकासमा संलग्न हुनु आवश्यक छ मन्त्री दाहालको भनाइ थियो ।
नेपाल जस्ता भूपरिवेष्ठित मुलुकहरू लाई सडक सञ्जाल तथा पूर्वाधारको माध्यमबाट सम्बन्धी पहुँचसम्म पुर्याउन क्षेत्रीय सहकारीको आवश्यकता रहेको उनले उल्लेख गरे ।
भूपरिवेष्ठितबाट भोजडित बन्न सडक रेल र बन्दगाहमा मात्र नभई सहकार्य विश्वास र साझा इट्रिकोणमा पनि लगानी गर्नुपर्ने भन्दै मन्त्री दाहालले नेपाल सबै विकास साझेदार छिमेकी मुलुकहरू तथा अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य कार्य गर्न तयार रहेको प्रष्ट पारे ।
सम्बोधनका क्रममा उनले छिमेकको मुलुकहरूसँग जोड्ने रणनीतिक करिडोरलाई प्राथमिकता दिएको पनि। बताएका छन् नेपालले बहुआयामिक तथा बहुदिशात्मक कन्ट्रिभिटी नीति अङ्कीकार गरेको उल्लेख गरे ।
२६ जुनमा टर्की पुगेका मन्त्री दाहाललाई विमानस्थलमा टर्कीका यातायात राज्यमन्त्रीले स्वागत गरेका थिए ।