राजनीति
काठमाडौं । प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई सत्तारुट दल (नेकपा) एमालेका मुख्य सचिव महेश बर्तौलाले बाँकी प्रक्रियाबाट आफै घोषणा गरेर बाहिरिन सुझाव दिएका छन् ।
संसदीय सुनवाई समितिको बैठकमा बर्तौलाली पोखरेललाई यस्तो सुझाव दिएका हुन् ।
नेपका ( माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पनि प्रस्तावित न्यायाधीश त्यसलाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ भन्दै प्रश्न गरेका छन् ।
पोखरेललाई निष्पक्ष न्याय दिलाउने आधार के हुन् भन्दै प्रश्न गरेका हुन् केही समय अघिसम्म नेपाल बार अध्यक्ष भइसकेको व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने बताए।
“मैले बुझेको बार भनेको राजनीतिक धारासँग जोडिएर प्रतिस्पर्धा हुने गरेको संस्था हो। स्वतन्त्रबाट देखिरहेको छैन हुनुपर्ने त स्वतन्त्र थियो । त्यसभित्र राजनीतिक पक्षधार दर्ताको कुरा छ। राजनीतिक पक्षधरताबाट टर्मिनेट भएको कुरा भन्नुभएको छ तर साँच्चै नै निष्पक्ष हुन्छ त प्रश्न उठ्न सक्छ । कतिपय मुद्दाहरू सुनुवाई नै गरिदिने भयो। सुनवाई गर्दा न्याय गर्नेले न्याय पाउँछ ढिलो गर्दा नै हुन्छ त ? यो कर्तव्य हो त ? यी व्यवहार छन्,” सांसद शर्माले भने ।