logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित


  • राजनीति
  • आइतबार, असार १५ २०८२

काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८२ प्रतिनिधिसभाबाट पारित भएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले बहुमतसहित उक्त विधेयक पारित गरेको हो हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आज राज्य व्यवस्था तथा सुशासन समिति प्रतिवेदनसहित संघीय अनुमति विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

विधेयक माथि छलफल भई मन्त्री गुप्ताले उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

मन्त्री गुप्ताले सकेपछि सदनमा निजामती सेवा विधेयक २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गरी प्रस्तावलाई बहुमतप्राप्त सदस्यहरूले समर्थन गरेपछि सभामुख देवराज घिमिरेले विधेयक पारित भएको घोषणा गरे ।

“संघीयता कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारहरूमध्ये विधेयक एक ऐतिहासिक र दुर्गामी प्रभाव पार्ने नीतिगत प्रस्थानबिन्दुको रूपमा लिएको छु,” उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार