logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मोहन बस्नेतमाथि गगन थापाको टिप्पणी : फोहोरलाई चलाएर बस्दिन


  • राजनीति
  • बुधबार, असार १८ २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले फोहोरलाई जलाएर आफू फोहोरी नबन्ने बताएका छन्।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा थापाले पूर्वमन्त्री तथा केन्द्रीय समितिका सदस्य मनबहादुर बस्नेत आफूमाथि लगाएको आरोपलाई गम्भीर, अराजनीतिक आरोपलाई खण्डन गर्दै फोहोरी बन्न नचाहेको बताएका हुन् ।

थापाले भने, “फोहोरलाई चलाएर म फोहोरी बन्दिन ।” मोहोन केन्द्रीय समिति बैठकमा गगन थापालाई लक्षित गर्दै आरोप लगाएपछि थापाले त्यही आरोपलाई राजनीतिको तह र सभ्यताको सिमा नाग्ने भन्दै जवाफ फर्काएका हुन् । बस्नेत भने टेरा मक्स प्रकरणमा धरौटीमारिया भएका थिए ।

थापाले भने, “बाबा भन्नुहुन्थ्यो कसैले आरोप लगाइदिहाल्नु जवाफ, आमाले भन्नुहुन्थ्यो फोहोर नचलाउनु फोहोर चलाए आफै फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु।”

यस अघि बस्नेतले सानेपामा केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापालाई लक्षित गर्दै महत्वकाङ्क्षा बोकेर हिँड्नेहरू होस गर्नुस् भन्दै चेतावनी दिएका थिए ।

महामन्त्री थापाले सदनमा टेरामक्स लगायतका विषयमा बोलेर अख्तियार पठाउन लगाएको बस्नेतको आरोप छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका लागि लागि खरिद गरिएको टेरा मक्समा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहनबहादुर बस्नेत सहित १६ जना विरुद्ध जेठ १ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अदालतले बस्नेतलाई असार १५ गते २५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। यही प्रसङ्गलाई लिएर बस्नेतले केन्द्रीय समिति बैठकमा महामन्त्री थापामाथि आक्रोश व्यक्त गरेका हुन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार