logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

दिलभूषण पाठक अदालतमा उपस्थित


  • राजनीति
  • बिहिबार, असार १९ २०८२

काठमाडौं । पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।

पाठकविरुद्ध गत असार १६ गते विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा साइबर ब्यूरोमा मुद्धा दर्ता भएको थियो । पाठक आज बिहान ९ बजे जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन् ।

पाठकको आज बयान हुनेछ र बयान सकिएपछि आजै थुनछेक बहस हुनेछ ।

निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टनमा जयवीर देउवा (कांग्रेस सभापति शेरबहादुर देउवापुत्र) को पैसा’ भन्ने शीर्षक राखी ‘काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको छ, निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन् उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ’ भन्ने सामग्री प्रकाशन गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार