logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे वनमन्त्री चौधरीलाई बर्खास्त


  • राजनीति
  • बिहिबार, असार १९ २०८२

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्।

सत्ता गठबन्धन दल नागरिक उन्मुक्ति पार्टी नाउपाबाट मन्त्री बनेका चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री शाह केही दिनदेखि मन्त्री चौधरीको कार्यशैलीलाई लिएर असन्तुष्ट थिए। बजेट निर्माणमा समेत मन्त्री चौधरीले आफू खुसी गरेपछि शाहले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए।

मुख्यमन्त्री शाहको निर्देशन बमोजिम मन्त्री चौधरीले राजीनामा नदिएपछि उनलाई बर्खास्त गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार