राजनीति
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो ठिक १ बजे नयाँ बानेश्वर स्थित संसद भवनमा बस्नेछ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि सहकारी तथा प्राकृतिक समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्ने कार्यसूची छ ।
त्यस्तै प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन्।
हेर्नुहोस प्रतिनिधि सभाको कार्यसूचीः