राजनीति
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदलिरहने जनाएको छ।
देशको पहाडी भू–भागको थोरै स्थानमा तथा बाँकी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
कोशी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। यसको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागले आज राति देशभर आंशिकदेखि साधारणतया बदलिरहने जनाएको छ ।