राजनीति
काठमाडौं । रसुवाको रसुवागढीमा आएको बाढीमा परि बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ ।
मंगलबार बिहान करिब ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका– २ मा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको सशस्त्र प्रहरी बलका प्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
बेपत्ता भएकामध्ये ३ जना प्रहरी रहेको खुलेको छ । उनीहरु तीनै जना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए । बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।
चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ बेपत्ता छन्। त्यस्तै तीन जना गाडी चालक समेत छन्।
बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन्। लामा, मोक्तान र तामाङ गाडी चालक हुन्।
रसुवाकै उत्तरगया गाउँपालिका-५ उत्तरगयाधामको खोला किनारमा दाहिने खुट्टा फेला परेको पनि डिएसपी थापाले बताए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरीको टोली खटिएको छ।