राजनीति
काठमाडौं । प्रतिनिधि सभाले संवैधानिक परिषद्का (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी संशोधन विधि पारित गरेको छ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले उक्त विधेयक सभाको सन्देश सहित पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए।
सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाको सन्देश सहित निर्णयार्थ पेश गरेको “संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भन्ने प्रस्ताव बहुमतले पारित भएको थियो। राष्ट्रिय सभाले विधेयकमा राखेको व्याख्या प्रतिनिधिसभाले स्वीकार गरेको हो। उक्त विधेयकमाथि मङ्गलबारको बैठकमा छलफल भएको थियो।
सत्तारुढ दलका सांसदहरूबीच नै अन्यौल उत्पन्न भएपछि विधेयक निर्णयार्थ पेश गरिएको थिएन । प्रतिनिधि सभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता आएपछि पुनः पारित गरिएको हो ।